अभ्यास खेलमा नेपालकाे दोस्रो जित
एसीसी एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज ब्लुमफिल्ड क्लबसँग भएको खेलमा १७६ रनको जित हात पारेको छ। अभ्यास खेलमा नेपालकाे याे दोस्रो जित हाे।
सागर पुन । तस्वीर: क्रिकनेपालडटकम
नेपालले पहिले ब्याटिङ रोजेर ५० ओभरमा ८ विकेट गुमाई ३२३ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह एेरीले ९६ बलमा १२१ र सागर पुनले ९२ रन बनाएको थियो भने करण केसीले २६, कप्तान पारस खड्काले २३ र अनिल शाहले १७ रनको जाेडेका थिए।
३२४ रनको लक्ष्यमा उत्रेको घरेलु टीम ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाई १३४ रन बनाउँदा खराब मौसमका कारण खेल रोकिएको थियो। डकवर्थ लेविस पद्दतिको आधारमा नेपालले १७६ रनको जित निकालेको हो। नेपालले १० भदौ आइतबार कोल्ट्ससँग अन्तिम अभ्यास खेल खेल्ने छ।
१३ भदाैदेिख एसीसी एसिया कप छनोटको पहिलाे खेलमा नेपालले अाेमानसँग खेल्नेछ।