लोकमानले समानन्तर सरकार चलाउन खोजेः नेता आचार्य
नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले समानन्तर सत्ता चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कार्कीले समानान्तर सरकार चलाएको मात्र नभई अदालतको मानहानी हुनेगरी संवैधानिक व्यवस्थाको धज्जी उडाउने काम गरेकाले उनका विरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताए ।
एमाले प्रदेश नं. १ का इन्चार्ज समेत रहेका नेता आचार्यले संविधान कार्यन्वयनमा सबै दल एक ठाउँमा नआए सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव नहुने भन्दै थपे, "संविधान कार्यान्वयनका लागि दलबीच सहकार्य गर्न एमालेले छलफल अगाडि बढाएको छ ।"
नेता आचार्यले संविधानमा सबैजातजाती, भाषा, धर्म र समुदायको अधिकार सुनिश्चित गरेकाले अब अधिकारको आन्दोलको आवश्यकता नभएको पनि दाबी गरे ।