मेगा ब्यांकबाट १५ हजार मासिक किस्तामा गाडी
मेगा ब्यांक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा मेगा ब्यांककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेश लिमिटेडका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।
नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबाट गाडी किन्ने ग्राहकहरुले मेगा ब्यांकबाट १० बर्षसम्म किस्ताबन्दीको सुविधा पाउनेछन् ।
सम्झौताअन्तर्गत अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामा गाडी किन्न सकिनेछ । यसमा १२.५० प्रतिशत ब्याजदर पर्नेछ ।
प्रक्रिया शुरु भएको ७ दिनमै कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ ।