सोमबार पनि सेयर बजार ओरालो
आज, सोमबार पनि सेयर बजार ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन १४.०३ अंकले घटेको नेप्से परिसूचक आज पनि ८.२२ अंकले ओरालो लागेको हो।
साताको दोस्रो कारोबार दिन पनि गिरावट आएको नेप्से परिसूचक ११८८.०७ अंकमा पुगेको छ।
नेप्से परिसूचक ओरालो लाग्दा सोमबार कारोबार रकममा पनि गिरावट आयो।
आइतबार दिनभरिमा १ सय ६० कम्पनीको ३२ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा सोमबार शेयर कारोबार २२ करोड ६१ लाख रुपैयाँमा सिमित भयो।
सोमबार १ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।
घटेको बजारमा उत्पादनमूलक बाहेकका उपसूचक ओरालो लागेका छन्।
सोमबार उत्पादनमूलक उपसूचक ०.५१ प्रतिशतले उकालो लाग्दा नन लाइफ इन्स्योरेन्स १.०२ प्रतिशत, माइक्रो फाइनान्स ०.७८ प्रतिशत, विकास बैंक ०.९१ प्रतिशत, होटल ०.२८ प्रतिशत, बैंकिङ ०.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स १.३१ प्रतिशत, फाइनान्स ०.४४ प्रतिशत, हाइड्रोपावर १.६९ प्रतिशत र अन्य उपसूचक ०.६५ अंकले ओरालो लागेको छ।
नेप्से परिसूचकमा गिरावट आउँदा ५.२६ प्रतिशतले मूल्य बढेको वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स धेरै कमाउने कम्पनी बन्दा ९.३७ प्रतिशतले मूल्य घटेको सिन्धु विकास बैंक धेरै मूल्य घट्ने कम्पनी बन्यो।
बजार खुलेदेखि सेयर बजार ओरालो लाग्दा 'क' वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले ओरालो लाग्यो।