पाँच महीनामा विपत्ले लियो ५५६ ज्यान
देशभरमा पाँच महीनाको अवधिमा प्राकृतिक प्रकोप (बाढी,पहिरो,चट्याङ) बाट ५५६ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाका अनुसार वैशाख २०७५ देखि ४ भदौसम्म देशभरमा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ५५६ पुगेको हो ।
उक्त समयमा भएका १,८६० घटनामा २,३२७ घाइते र ९५ जना वेपत्ता भएका छन् ।
महाशाखा प्रमुख वंशी आचार्यका अनुसार उक्त अवधिमा क्षति पुगेका २,३१७ घरमध्ये ९६७ पूर्णरुपमा क्षति भएका छन् भने १।,३५१ घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी ४,६७६ परिवार प्रभावित भएका छन । २४७ गोठमा क्षति पुगेको छ भने १,६९३ पशुको मृत्यु भएको छ ।
२ अर्व ७९ करोड ६७ लाख ३ हजार ५ सय ८ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रमुख आर्चायले बताए।
-कल्पना भट्टराई