पूर्व राजदूत केशवराज झाको हत्या
फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथलीस्थित घरभित्रै छुरी प्रहार गरी हत्या भएको छ ।
झालाई आज, ४ भदौ बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षाक मोहन थापाले जानकारी दिएका छन् ।
नायब उपरीक्षक थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको देखिएको छ ।
परिवारका सदस्यले घटनाबारे बिहान करिब ६ बजे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घरमा झासँगै उनकी श्रीमती र सहयोगी बस्ने गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।