पशुपतिको लापरबाही, बेञ्चमा बस्दा करेन्ट लागेर एकको मृत्यु
पशुपति क्षेत्रको हाताभित्र राखिएको फलामको बेञ्चमा बस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो करेन्ट लागेर बेहोस भएका पुष्प गन्धर्वको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको हो ।
अस्पताल पु¥याएको केहीबेरमै चिकित्सकले गन्धर्वको मृत्यु भएको घोषणा गरेका थिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।