प्रदेश–३ को राजधानीका लागि पाँच जिल्ला प्रस्ताव
प्रदेश–३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त भएको प्रतिवेदन तयार गरेको छ ।
समितिले प्रदेश–३ का १३ जिल्लामध्ये भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवनलाई राजधानीका लागि प्रस्ताव गरेको हो ।
गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई ख्याल गरेर पाँच जिल्ला प्रस्ताव गरेको संयोजक निरौलाले जानकारी दिए ।