महाअभियोगको पक्षमा उभिने एमाले स्थायी समितिको निर्णय
नेकपा (एमाले)लेको ८ कात्तिकमा बसेको स्थायी समिति बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध व्यवस्थापिका–संसदमा दर्र्ता भएको महाअभियोगको पक्षमा उभिने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको एमाले केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । ९ कात्तिकमा प्रचार विभागले जारी गरेको विज्ञप्तीमा महाअभियोग प्रस्ताव पारित गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै महाअभियोगको पक्षमा सहमति निर्माण गर्ने निर्णय समेत गरिएको जनाएको छ ।
एमाले र माओवादी केन्द्रका सांसदहरुले व्यवस्थापिक संसदमा ३ कात्तिकमा लोकमान विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।