सबैभन्दा बढी विकास प्रदेश–२ मा हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबैभन्दा बढी विकास प्रदेश–२ मा हुने बताएका छन् ।
आज प्रदेश–२ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उर्वरभूमिको प्रयोग गरेर प्रदेश–२ लाई समृद्ध र विकसित प्रदेश बनाउने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, फास्ट ट्रयाक आदी विकासका कार्य यही प्रदेश भएर अगाडि बढ्दैछन् ।”
“रेल, कलकता बन्दरगाह जाने पानीजहाज सबै यही प्रदेश भएर कुद्ने छ ।” प्रधानमन्त्रीले भने, “नेपालको झण्डा फरफराउँदै समुद्रमा कुदेको पानीजहाज जनताले छिट्टै देख्नेछन् ।”
प्रदेश–२ मा औद्योगिकग्राम स्थापना, धार्मिक पर्यटनको संरक्षण र विकास, मेडिकल कलेज तथा विश्वविद्यालय स्थापनाको योजना पनि छिट्टै अगाडि बढाउने प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्रीले प्रदेश–२ मा उर्वरभूमि प्रर्याप्त रहेको भन्दै सिँचाइ र कृषिको आधुनिकिकरणमा जोड दिने प्रतिवद्धता समेत जनाएका छन् ।