महाअभियोग प्रस्तावमाथि संसदमा छलफल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल भएको छ । विभिन्न सात वटा गम्भिर आरोप सहित संसदमा दर्ता भएको कार्कीमाथिको महाअभियोगबारे ९ कार्तिकमा बसेको बैठकमा छलफल भएको हो ।
महाअभियोग प्रस्तावका प्रस्तावक सांसद महेन्द्रबहादुर पाण्डेले प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावलाई अर्का सांसद भानुभक्त ढकालले समर्थन गरेका थिए ।
निलम्बित प्रमुख कार्की विरुद्ध १५७ सांसदहरुले ३ कार्तिकमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका अधिकाँश दलले महाअभियोग प्रस्तावको पक्षमा मत दिने निर्णय गरिसकेका छन् ।