भारतको केरला राज्यमा बाढीबाट ३२४ को मृत्यु
भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर पानी परेको कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।
तस्वीरहरु: एजेन्सी
१ भदाै, शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको जानकारी दिए ।
मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यता सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।”
बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको हो ।
– एएफपी