लागु औषध सहित युवक पक्राऊ
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एकजना युवकलाई पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ गोठदमार बस्ने जितबहादुर विश्वकर्मा (२८) रहेका छन् । प्रहरीका अनुसार उनी भारतबाट नेपालतर्फ टेम्पु चढेर आउँदै गर्दा ईनर्वा चोकबाट पक्राउ गरिएको हो।
उनको साथबाट लागुऔषध फेनारगन, डाईजील्याब र नुर्फिन १५/१५ पिस बरामद गरेको छ। प्रहरीले पक्राउ परेका विश्वकर्मालाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ।
– जियालाल साह