नेस्ले मिलोको जुस खाएर १५ विद्यार्थी बिरामी
मार्केटिङ गर्नेले बितरण गरेको जुस खाएर विराटनगरमा एक विद्यालयका १५ विद्यार्थी बिरामी परेका छन् । बिरामी मध्ये ५ जना गम्भिर छन् ।
विराटनगर २ स्थित बुढानिलकण्ठ उच्च माबिका विद्यार्थीलाई आज, १ भदौमा नेस्ले मिलो इण्डिया प्रालिबाट उत्पादिन जुसहरु बितरण गरिएको थियो । जुस खाएर बिरामी भएका मध्ये ५ जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार, अन्य १० जना उपचारपछि घर गएका छन् ।
जुस बितरण गर्ने विराटनगर ९ का महेन्द्रकुमार अग्रवाल (४८) र झापा कन्काई नगरपालिका २ का प्रदिप घिमिरे (२६) लाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मार्केटीङमा प्रयोग गरिएको को १ स ३५६ नम्बरको ई–रिक्सा र नेस्ले ब्राण्डका जुस नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएको जुस खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय विराटनगरमा परीक्षणका लागि पठाइएको छ ।
– कमल रिमाल