युवकद्वारा प्रेमिकाकोे हत्या
मोरङ ग्रामथान गाउपालिका–३ सिद्राहामा आज, १ भदौमा एक युवकले धारिलो हतियार दाउ प्रयोगगरी प्रेमिकाको हत्या गरेका छन् ।
विराटनगर १३ का दिनेश भट्टराई (३०) ले ग्रामथान ३ की सिखा घिमिरेको हत्या गरेका हुन्। विराटनगरबाट को १७ प १७२३ नम्बरको स्कुटर चढेर सिखालाई भेट्न गएका दिनेशले सिद्राहाको एकान्तमा रहेको गोठभित्र टाउको र शरीरका बिभिन्न भागमा काटेर हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या लगत्तै युवकलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। घिमिरेको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको छ ।
– कमल रिमाल