नेपाल एसियन गेम्सबाट बाहिरियाे, भियतनामसँग २–० ले पराजित
इन्डोनेसियामा भइरहेको एसियन गेम्स अन्तर्गत यु–२३ फुटबलमा आज, ३१ साउनमा भियतनामसँग भएको दोस्रो खेलमा पनि नेपालले २-० को हार व्यहोरेको छ।
यो हारसँगै समूह चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नु अघि नै नेपाल एसियन गेम्स फुटबलबाट बाहिरिएको छ।
यस जितसँगै भियतनाम र आजै भएको अर्को खेलमा पाकिस्तानलाई ४–० ले हराउँदै जापान दोस्रो चरणमा प्रवेश गरेको छ।
भियतनामलाई जित दिलाउने क्रममा भियतनामी खेलाडी गुएनले ३१ औ मिनेटमा र फान भान डकले ६४ औ मिनेटमा गोल गरेका थिए।
यसअघि २८ साउनमा जापानसँग भएको पहिलो खेलमा नेपाल १–० ले पराजित भएको थियो।