नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
आज बिहान ११ बजेतिर पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि अझै तीन घण्टा जति समय लाग्ने प्रहरीले जनाएको छ । रासस