अफगानिस्तानमा आत्मघाती हमलाबाट ३७ जना मारिए
अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा अाज, ३० साउन अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या ३७ जना पुगेको छ भने कयाै घाइते भएका छन्।
“पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ। शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताए।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले आक्रमणबाट कम्तीमा २५ जना मारिएका र अरु ३५ जना घाइते भएको जनाएका छन्।
आक्रमणको तत्कालै कसैले जिम्मेवारी लिएको छैन। तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ।
हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन्। यही साता अफगानिस्तानको पूर्वमा रहेको घज्नीमा तालिबानले गरेको भिषण आक्रमणबाट काबुल सरकारमाथि सैनिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको छ। तालिबानले आफूले चाहेको समय र इच्छाबमोजिम काबुल वरपरका कुनै पनि ठाउँमा आक्रमण गर्न सक्दछ।
घज्नीमा कम्तीमा १०० जना सुरक्षाकर्मी मारिनुका साथै सर्वसाधारण र लडाकूको हताहतीको स्पष्ट संख्या अझै आइसकेको छैन। – एएफपी