भोलि थप एक जोडी गैँडा चीन लगिंदै
चीन सरकारलाई उपहार स्वरुप प्रदान गरिएका एक जोडी गैंडा भोलि, ३१ साउनमा चीन लगिंदै छ ।
चीनलाई उपहार स्वरुप दुई जोडी गैंडा प्रदान गर्ने केपी शर्मा ओली सरकारको पहिलो कार्यकालको निर्णयअनुसार दोस्रो चरणमा भोलि, एक जोडी गैंडा चीन पठाउन लागिएको हो ।
यसअघि पहिलो चरणअन्र्तगत ‘भद्र’ र ‘रुप्सी’ दुई गैंडा २८ असारमा चीन पठाइएको थियो ।
दोस्रो चरणमा चीन लैजान लागिएका ‘सोल्टी’ र ‘मितिनी’ दुई गैंडालाई चितवन राष्ट्रिय निकुञ्जबाट २९ साउनमा काठमाडौ ल्याइएको थियो ।
गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई गैँडाका व्यवहार सिकाउनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक डा. अमिर सडौंला, चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक पुरुषोत्तम पाण्डे, हरकेमान लामा, ओम चौधरी र रमेश दराई पनि चीन जाँदैछन् ।