पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुशील ज्ञवाली नियुक्त
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई दोस्रो पटक सिईओमा नियुक्त गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि ज्ञवाली सिईओ थिए ।
ओलीपछि बनेको कांग्रेस र तत्कालिन नेकपा माओवादीको सरकारले ज्ञवालीलाई हटाएर डा. गोविन्दराज पोखरेललाई सिईओ बनाएको थियो ।
२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनःस्थापनाका लागि गठन भएको प्राधिकरणको सीईओमा पहिलो पटक पोखरेल नियुक्त भएका थिए । पोखरेललाई हटाएर ओली सरकारले ज्ञवालीलाई नियुक्त गरेको थियो ।
संघीय संसद्को चुनावमा प्युठानबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलपछि प्राधिकरणको सिईओमा युवराज भुसाल नियुक्त भएका थिए ।
तर, दोस्रो पटक बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले भुसाललाई हटाएपछि प्राधिकरणमा सिईओ पद रिक्त थियो ।