उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसी राष्ट्रपतिको निमन्त्रणा
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेट गर्न तयार भएका छन् । पुटिनले छिट्टै किमसँग भेट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले ३० साउनमा जानकारी दिएका छन्।
पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई एउटा कार्यक्रममा निम्ता गरी भेट्न खोजेका हुन्। पुटिनले अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा दुवैलाई निमन्त्रण गरेका छन्।
कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिने आकाङ्क्षा व्यक्त गरेका हुन् ।
किमले पनि पुटिनलाई सन्देश पठाएका छन्, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन ।
दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा व्यक्त गरेका छन्।
– एएफपी