प्रियंका कार्की गुड डे बिस्कुटको ब्राण्ड एम्ब्यास्डर
ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले गुड डे बिस्कुटको ब्राण्ड एम्ब्यास्डरमा नायिका प्रियंका कार्की नियुक्त गरेको छ ।
सन् १९१८ मा भारतमा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिजले ३० वर्षदेखि नेपालमा बिस्कुट बिक्री गर्दै आइरहेको छ । ६० भन्दा बढी देशमा पुगेको गुड डे बिस्कुटलाई नेपालमा विशाल ग्रुपले वितरणको जिम्मा लिएको छ ।
ब्रिटानियाका गुड डे, टाइगर, न्यूट्रिच्वाइस, मिल्कविकिस र मारी गोल्ड नेपालमा उपलब्ध छन् ।