टम्बो मोबाइल ब्राण्ड नेपालमा
नेपाली बजारमा नयाँ ब्राण्ड ‘टम्बो मोबाइल’ प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बोका मोबाइललाई नेपाली बजारमा शंकराचार्य मोबाइल प्रा.लि.ले आधिकारिक वितरणको जिम्मा लिएको छ । कम्पनीले अहिले ६ मोडलका बारफोन र दुई मोडलका स्मार्टफोन बजारमा ल्याएको छ ।
बिक्री शुरुआतको अवसरमा कम्पनीले टम्बोका सम्पूर्ण मोबाइल सेटमा दुई सय दिनसम्मकोे रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट वारेन्टी दिएको छ ।
टम्बो मोबाइलका प्रत्येक स्मार्टफोनमा फेस रिकग्निसन, फिंगरप्रिन्ट, फोर जी लगायतका प्रिमियम विशेषताहरु रहेका छन् ।
टम्बोका बारफोनको मूल्य एक हजार रुपैयाँदेखि शुरु हुने कम्पनीले जनाएको छ ।