तनहुँमा सडक दुर्घटना, १६ जना घाइते
तनहुँमा बस र ट्रक ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।
आज बिहान दमौलीबाट काठमाडौ जाँदै गरेको ना ४ ख ५४९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३२९३ नम्बरको ट्रक व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अन्य घाइतेको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । रासस