इटालीमा पुल भत्किँदा २२ को मृत्यु
२९ साउनमा इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ । घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक संख््या बढ्न सक्ने उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ।
ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नावशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताए।
पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका र पुल भत्किंदा ठूलाठूला चट्टानको टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले बताइएका छन्।
इटालियाली सञ्चारमाध्यमका अनुसार, मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ। पुल ग्रीनविच समय अनुसार २९ साउन विहान १० बजे भत्किएको हो।
- एएफपी