एशियाडः पहिलो खेलमा जापानसँग नेपाल पराजित
इन्डोनेसियामा २९ साउनमा भएको एशियन गेम्स अन्तर्गत यु–२३ फुटबल खेलमा नेपाल जापानसँग १-० ले पराजित भएको छ।
जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल थिए। त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा त्यही गोल निर्णायक बन्न पुग्यो।
जापान एशियाडमा बलियो टोली हो उसले गरेको निरन्तर आक्रमणलाई नेपाली अनुभवी गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए।
समूह ‘डी’ मा रहेको नेपालले ३१ साउनमा भियतनाम र १ भदौमा पाकिस्तानसँग खेल्नेछ।