वृहस्पति विद्यासदनको हार्डवेयर हाकाथुन
वृहस्पति विद्यासदनको स्टिम डिपार्टमेन्टले ‘हार्डवेयर हाकाथुन’ कार्यक्रमको आयोजना गरेको छ ।
२८ साउनमा विद्यार्थीको सृजनात्मक ज्ञान तथा सिपलाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रम दुई समूहमा विभाजन गरि सञ्चालन गरिएको थियो । जसमा एउटा समूहलाई दुई घण्टा ३० मिनेट समय दिइएको स्कूलले जनाएको छ ।
उक्त समयभित्र विद्यार्थीले आफ्नो क्षमताअनुसारको वस्तु बनाएर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले पानीजहाज, रोबर्ट, सोलार कार तथा विभिन्न विद्युतीय उपकरण बनाएका थिए । कार्यक्रममा करीब दुई सय विद्यार्थीले सहभागिता जनाएको स्कूलले जनाएको छ ।