मकवानपुरमा बसमा आगजनी
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ देउरालीमा बसमा आगजनी भएको छ ।
आज बिहान ना.अ.प.स. ४५ नम्बरको बसमा आगजनी भएको हो ।
स्कूल प्रयोजनका लागि ल्याइएको उक्त बस पूर्ण रुपमा क्षति भएको छ । आज बन्दको आह्वन गरेको नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले बसमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
बस भन्सार छुटाएर हेटौंडा भएर काठमाडौं जाँदै गरेको प्रहरीले जनाएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर