मेस्सीको कप्तानीमा बार्सिलोनालाई सुपर कप, उपाधिमा कीर्तिमान
अर्जेन्टिनी स्टार लिओनल मेस्सीले कप्तानका रुपमा आफ्नो पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनालाई यो सिजनको पहिलो कप जिताएका छन्।
भर्खरै मात्र बार्सिलोनाको पूर्णकालीन कप्तान नियुक्त भएका मेस्सीले पहिलो खेलमै स्पेनिस सुपर कपको उपाधि जितेका हुन्।
यो जितसँगै मेस्सी क्लब फूटबलको इतिहासमा सर्वाधिक ३३ वटा उपाधि उचाल्ने पहिलो खेलाडी पनि बनेका छन्।
उपाधिका लागि २७ साउनमा सम्पन्न खेलमा बार्सिलोनाले स्पेनिस प्रतिद्धन्द्धी सेभियालाई २–१ गोलले पराजित गर्यो। १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा जेरार्ड पिके र ओस्मान डेम्बलेले एक एक गोल गरे।
कीर्तिमानी उपाधि चुम्ने क्रममा मेस्सीले चारपटक च्याम्पियन्स लिग उपाधि, नौपटक ला लिगा उपाधि, ६ पटक कोपा डेल रे र पाँचौं पटक बलोन डिओर जितेका छन्। – एजेन्सी