गृहमन्त्री निधि र जर्मन राजदूत मायरबीच भेटवार्ता
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि जर्मनीका राजदूत माथियास मायरबीच गृहमन्त्रत्रालयमा भेटबार्ता भएको छ ।
सो भेटमा उपप्रधानमन्त्री निधि र राजदूत मायरबीच आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।
राजदूत मायरले नेपालको संबिधान कार्यान्वयनका बिषयमा समेत चासो राखेका थिए । गृहमन्त्री निधिले संबिधान कार्यान्वयनका बिषयमा सबै दलहरुसंग संवाद भइरहेको जानकारी गराउँदै नेपालको विकासमा जर्मनीले पुर्याएको सहयोगका लागि धन्यवाद दिएका थिए ।