नेप्से अढाई वर्ष अगाडिको अवस्थामा फर्कियो
शेयर बजार परिसूचक नेप्से अढाई वर्षकैं न्यून विन्दुमा झ्रेको छ। साताको पहिलो दिन आइतबार नेप्से १६ दशमलव ६९ अंकले घटेर ११६३ दशमलव ९४ अंकमा ओर्लिएको छ। नेप्से अढाई वर्षअघि २३ पुस २०७२ सूचकभन्दा पनि तल झरेको छ ।
उक्त दिन बुलिस ट्रेण्डमा रहेको नेप्से परिसूचक ११६४.१४ अंकमा पुगेको थियो। त्यसपछि बजार बढ्दै परिसूच्क १८८१ विन्दुसम्म पुगेको थियो।
अज, आइतबार बजारमा रु. २५ करोड २ लाख को कारोबार भएको छ। व्यापार तथा होटल उपसूचक बाहेक अन्य सबै सूचक एवं उपसूचक घटेका छन् ।
यसमध्ये, सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ३ दशमलव ३५ प्रतिशतले घटेको छ। आइतबार बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै तीन करोड ७१ लाखको कारोबार भएको छ। लगानीकर्ताहरुको मनोबल थप खँस्किदै गएकाले बजारमा ओरालो लाग्ने क्रम नथामिएको हो।