विराटनगर महानगरपालिकामा विस्फोट
विराटनगर महानगरपालिकामा मेयरको कार्यकक्ष नजिकै बम विस्फोट भएको छ ।
मेयर भीम पराजुलीको कार्यकक्षबाट दक्षिणतर्फको महानगरपालिकाको नयाँ र पुरानो भवन जोड्ने प्यासेजमा आज, दिउँसो २ बजे विस्फोट भएको हो ।
विष्फोटबाट कार्यालयका झ्यालका सिसा र आँगनमा पार्क गरिएको मेयर चढ्ने गाडीको सिसा समेत फुटेको छ ।
ठूलो आवाजमा विष्फोट भएपछि नगरपालिकाका कर्मचारी र सेवाग्रहीको भागभाग भएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।