कोहलपुरदेखि दुहबीसम्मका उद्योगमा दैनिक २ घण्टा लोडसेडिङ्
कोहलपुरदेखि दुहबीसम्मका औद्योगिक फिडरमार्फत विद्युत् पाइरहेका उद्योगहरुमा चार दिन दैनिक २ घण्टाका दरले लोडसेडिङ हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ढल्केवार–मुज्जफरपुर प्रसारण लाइनको स्तरोन्नति गर्न २८ साउन, सोमबारदेखि ३१ साउन, बिहीबारसम्म चार दिन साँझ ७ देखि ९ बजेसम्म उक्त क्षेत्रमा विद्युत् कटौति गर्ने भएको हो ।
४०० केभीको यो अन्तरदेशीय प्रसारण लाइन हाल १३२ केभीमा सञ्चालन भइरहेको छ । यसलाई २२० केभीमा स्तरोन्नति गरिन लागिएको हो ।
स्तरोन्नतिका लागि ढल्केबर र मुज्जफरपुर सबस्टेसनहरुमा २२० केभीको संरचना मिलाउन कोहलपुरदेखि दुहबीेसम्म ग्रिड, वितरण तथा ग्राहक सेवाका सबस्टेसनहरुबाट औद्योगिक फिडरहरुमार्फत् विद्युत् आपूर्ति हुने ग्राहकहरुको विद्युत् कटौती गरिन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।