बारा: एमाले अध्यक्षमा सुन्दर विश्वकर्मा विजयी
नेकपा एमाले बाराको अध्यक्षमा सुन्दर विश्वकर्मा निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार प्रतिद्वन्द्वी रविन्द्रदास श्रेष्ठलाई ६५ मतको अन्तरले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् ।
उनी पूर्वअध्यक्षद्वय झलनाथ खनाल र माधव नेपाल निकट मानिन्छन् ।
यसैगरी उपाध्यक्षमा देवनारायण चौधरी, सचिवमा एम समीउल्लाह, सहसचिवमा राजेन्द्र कलवार निर्वाचित भएका छन् ।
एमाले बाराको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा कुल ४०२ मतदाता मध्ये ३८४ जनाले मात्र मतदान गरेका थिए ।
-सुरेश बिडारी