नेपाली यू–२३ फुटवल टाेलीको अर्को हार
नेपाली यू–२३ फुटबल टोली थाइल्याण्डको यू–२३ टोलसँग आज भएको खेलमा ४–० ले पराजित भएकाे छ।
आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
२ भदौबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै १९ भदौबाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली थाइल्याण्डमा प्रशिक्षण गर्दैछ। थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ।
यसअघि मङ्गलबार भएको खेलमा पनि नेपाली टोली स्थानीय पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो।