साहित्यकार दाहाल यज्ञनिधिको निधन
साहित्यकार एवम् चर्चित रेडियो कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिकोे निधन भएको छ ।
आज, २५ साउन साँझ उपचारका क्रममा ललितपुरको सुमेरु अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरेका ६५ वर्षीय दाहाल २३ साउनमा ‘डायलासिस’का क्रममा बेहोसभएपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो । यसअघि उनी घरमै पनि बेहोस भएका थिए ।
दाहाललाई थप उपचारका लागि आज सुमेरु अस्पताल पुर्याइएको थियो ।
रेडियो नेपालको साहित्य संसार कार्यक्रम मार्फत मौलिक नेपाली साहित्य–संस्कृतिको प्रवद्र्धन गरेका उनी पछिल्लो समय रेडियो अन्नपूर्ण नेपालमा कार्यक्रम चलाउँथे ।
२०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहाल धरानको वेद विद्यालयमा अध्ययन गरी २०३१ सालमा काठमाडौं पसेका हुन्। कमजोर आर्थिक अवस्थाका कारण सकसपूर्ण बाल्य र युवाकाल बिताएका उनी २०३४ मा रेडियो नेपालको साहित्य संसारमा छिरेर रातारात भने झै गरी लोकप्रिय भए– ओजिलो स्वर र खोजपूर्ण सामग्रीका कारण।
उनका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन् ।
सम्बन्धित समाचार: बिसन्चो जदौ