विराटनगरः दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
विराटनगर महानगरपालिका– १५ मा हिजो, २४ साउनमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा दरबन्दी भएका प्रसनी विवेकानन्द झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीबाट सरुवा भई रवाना पत्र लिएर हिडेका झाले चलाएको को ७ प २५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार विराटनगर– १२ मा रहेको डेरा तर्फ जांदै गर्दा दुर्घटनामा परी अचेत भएका झालाई सशस्त्र प्रहरीले उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।