प्रदेश–५ को राजधानी र नामाकरण गर्न सिफारिस समिति गठन
प्रदेश–५ को आज बसेको प्रदेश सभा बैठकले प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिले तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्नेेछ ।
समितिको सदस्यमा कल्पना पाण्डे, चेतनारायण आचार्य, तारा जिसी, तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दिपेन्द्रकुमार पुन, दिपेश थारु, नारायणप्रसाद आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, रमा अर्याल, वीरबहादुर राना, बिष्णुप्रसाद पन्थी, सरस्वती गौतम र सहर्षराम यादव छन् ।
प्रदेश सभाको दोश्रो अधिवेशन आज सकिंदै छ ।
दीपक ज्ञवाली, बुटवल