शेयर बजार ओरालो, १९ करोड ६९ लाखको कारोबार
आज, बिहिबार शेयर बजार परिसूचक (नेप्से) ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ ।
साताको पहिलो दिन आइतबारदेखि सामान्य अंकले घटेको बजार आज भने करीब ७ अंकले ओरालो लागेको हो ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ ।
आज १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ ।
आज व्यापार उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ भने अन्य उपसमूहको शेयर घटेको छ ।
ब्यांकिङ ३.३७, होटल ३१.५२, विकास ब्यांक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूहको १०२.८३ बिन्दुले घटेको छ ।