आदिवासी दिवसका अवसरमा प्रदेश–१ मा विदा
प्रदेश– १ सरकारले २४ साउन, विश्व आदिवासी दिवसको अवसरमा विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदाको घोषणा गरेको हो ।
प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई सोको जानकारी पठाइएको मन्त्रालयले जनाएको छ ।
२९ चैत २०७४ मा प्रदेश सरकारले निर्णय गरी उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित भएको समेत मन्त्रालयले जनाएको छ ।
सूचना अनुसार २४ साउन विश्व आदिवासी दिवस, १० भदौ रक्षाबन्धन, १८ भदौ राधाकृष्ण रथयात्रामा (मोरङ र सुनसरी मात्र) र २७ कात्तिक छठ पर्वमा सार्वजनिक विदा दिने जनाइएको छ ।