बाँकेः जनताले बनाइदिए प्रहरी भवन
बाँकेको खजुरामा स्थानीयको सहयोगमा नवनिर्मित ईलाका प्रहरी कार्यालय भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
स्थानीयबासीको रु ३० लाख २७ हजार सहयोगमा निर्मित ४ कोठे पक्की भवन आज, २२ साउनमा निर्माण समितिका संयोजक दुर्गालाल विश्वकर्माले प्रदेश– ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षिक शेरबहादुर बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नायब महानिरीक्षक बस्नेतले जनताको सहयोगमा पक्की प्रहरी भवन निर्माण हुनु उदाहरणीय भएको भन्दै खजुरा ईलाका प्रहरीको स्तरोन्नती र पूर्वाधार निर्माणका लागि हरसम्भव सहयोग गरिने बताए ।
यसअघिको प्रहरी भवनमा २०५९ सालमा विष्फोट हुुँदा क्षतिग्रस्त भएको थियो ।
टेकेन्द्र बस्याल, नेपालगञ्ज