कला/साहित्यमंगलवार, श्रावण २२, २०७५

काजोल भन्छिन्- नारीप्रधान फिल्ममा मलाई विश्वास छैन

हिमालखबर

अभिनेत्री काजोलले आफूले नारीप्रधान फिल्ममा नभई राम्रो फिल्म र स्क्रिप्टमा विश्वास गर्ने बताएकी छन् ।

७ डिसेम्बरमा रिलिज हुन लागेको काजोलको आगामी फिल्म 'हेलिकोप्टर इला' को ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा सोधिएको प्रश्नमा उनले महिला केन्द्रित फिल्मप्रति आफ्नो रुचि नरहेको उल्लेख गरेकी हुन् ।

विद्या बालन र रानी मुखर्जी जस्ता अभिनेत्रीहरुले क्रमश: 'तुम्हारी सुलू', 'कहानी', 'हिचकी', 'मर्दानी' लगायत फिल्महरु गरेर महिला केन्द्रित विषयमा आफ्नो झुकाव व्यक्त गरिसकेका छन् । यसबारे काजोल के सोच्छिन् ? उनी भन्छिन्, "म महिला केन्द्रित फिल्महरुमा विश्वास गर्दिनँ । राम्रो फिल्म र स्क्रिप्टमा मलाई विश्वास छ । विद्या बालन र रानी मुखर्जी लगायत समकक्षीहरुको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ भन्ने लाग्छ ।"

उनी अगाडि थप्छिन्, "मेरो विचारमा विद्या र रानी पनि राम्रो स्क्रिप्टमा विश्वास गर्छन् । तपाईं नै फिल्मको केन्द्रीय भागमा हुनुहुन्छ या हुनुहुन्न, फिल्ममा तपाईंको भूमिका कस्तो छ भन्ने कुराले खासै अर्थ राख्दैन । साथै, तपाईं कस्तो खालको फिल्ममा काम गर्दै हुनुहुन्छ भन्ने कुराको पनि अर्थ हुँदैन ।"

एजेन्सी

प्रतिकृया दिनुहोस