नेपाली यू १९ टोलीलाई एक दिवसीय क्रिकेट खेल्न भारतको निम्तो
भारतीय क्रिकेट नियन्त्रण बोर्डले नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीलाई एक दिवसीय क्रिकेट खेल्न निम्तो दिएको छ ।
चार टिम सहभागी हुने प्रतियोगितामा नेपाल, भारत, अफगानिस्तान र नेशनल क्रिकेट एकेडेमी (एनसीए)को टोली सहभागी हुनेछन् । एनसीए भारतीय क्रिकेट नियन्त्रण (बीसीसीआई) को टिम हो ।
क्रिकट्रयाक्र्सडटकमका अनुसार ५० ओभरको खेल भारतको कोलकत्तामा हुनेछ । प्रत्येक टिमले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले पहिलो स्थानका लागि खेल्नेछन् भने अन्य दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
प्रतियोगिताको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ । सोही दिन अर्को खेल नेपाली टोली र एनसीएबीच हुनेछ ।
यो प्रतियोगितालाई आमागी अक्टोबर (असोज/कार्तिक) मा हुने एशिया कपको तयारीको रुपमा हेरिएको छ ।
एशिया कपमा नेपाल, भारत, अफगानिस्तानका साथै पाकिस्तान, श्रीलंका, बाङ्लादेश, हङ्कङ र संयुक्त अरब ईमिरेट्स (यूएई) सहभागी हुनेछन् ।
खेल तालिका
सेप्टेम्बर १२ (२७ भदौ) पहिलो खेलः भारतविरुद्ध अफगानिस्तान
दोस्रो खेलः नेपालविरुद्ध एनसीए
सेप्टेम्बर १४ (२९ भदौ) पहिलो खेलः नेपालविरुद्ध भारत
दोस्रो खेलः एनसीएविरुद्ध अफगानिस्तान
सेप्टेम्बर १६ (३१ भदौ) पहिलो खेलः एनसीएविरुद्ध भारत
दोस्रो खेलः नेपालविरुद्ध अफगानिस्तान
सेप्टेम्बर १८ (२ असोज) पहिलो खेलः अंक तालिकामा पहिलो र दोस्रो हुने टिम
दोस्रो खेलः तेस्रो स्थानका लागि बाँकी दुई टिम