शेयर बजारमा सामान्य अंकको गिरावट
आज शेयर बजार सामान्य अंकले घटेको छ ।
आज बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ ।
आज कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ ।
आज ब्यांंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ, भने होटल ६.०३, विकास ब्यांक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको शेयर १६.७३ बिन्दुले घटेको छ ।