भक्तपुरबाट अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु
भक्तपुरबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।
आज दिउँसो महानगरिय प्रहरी प्रभागको टोलीले भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला पारेको हो ।
त्यस्तै अपहरणमा संलग्न दुई अपहरणकारीको प्रहरी इन्काउन्टरमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।
डोलेश्वरमा अपहरणकारीको पिछा गरिरहेका प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर अजय तामाङ र गोपाल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।