कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीलाई
२० साउनमा भएको यो सिजनको शुरुवाती खेल कम्युनिटी सिल्ड म्यानचेस्टर सिटीले जितेको छ।
चेसीविरुद्ध सिटीले २ गोल गरेपछि खेल २-० मै सकिएको थियो। वेलायतको वेम्बी रंगशालामा भएको खेलमा सिटीका सर्जियो अगुरोेले २ गोल गरेका थिए। यससँगै उनले क्लवका लागि २ सय गोल पुर्याएका छन्।
पछिल्लो प्रिमियम लिग उपाधि विजेता म्यानचेस्टरसिटीले यो सिजनमा पनि लय समातेको छ। म्यानचेस्टर सिटीले खेलको शुरुदेखि नै एफएकप विजेता चेल्सीलाई दवाबमा राखेको थियो । १३ मिनेटमै सर्जियो अगुरोले फिल फोडेनको पासमा अग्रता दिलाएका थिए भने दोस्रो हाफमा बर्नाडो सिल्भाको पासलाई गोलपोष्टमा दिशा दिंदै दोस्रो गोल गरेका थिए।
इडेन हाजाडबिना खेलेको चेल्सीको खेल अत्यन्तै फितलो रह्यो । पूरै खेलमा सिटीको दवदवा थियो भने चेल्सीको आक्रामक गति विरलै थियो। यससँगै सिटी सन् २०१३ यता प्रिमियर लिग विजेताले कम्युनिटी सिल्ड जित्ने टोलीमा आफ्नो नाम दर्ता गर्यो। -एजेन्सी