स्वीटजरल्याण्ड विमान दुर्घटनामा बीस यात्रुको मृत्यु
स्वीटजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमान दुर्घटनामा भएको छ । चालकदलका सदस्यसहित सबै बीस जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
आइतबार दिउँसो एक पत्रकार सम्मेलनमा प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताए, “विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि गर्दछ ।”
द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमान चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीटजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको थियो ।
विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको हो ।
एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, “विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।”
- एएफपी