सडक दुर्घटनमा १८ को मृत्यु
पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ।
कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्याङ्करसँग ठोक्किएको थियो। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले जानकारी दिए ।
इन्धन बोकेको ट्याङ्करमा भने आगलागी हुन पाएन । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ।
पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण वर्षेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ।
– एएफपी