बाख्रापालनबाट वार्षिक करोड आम्दानी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिर्भनाका किसानहरुले बाख्रापालनबाट वार्षिक करीब एक करोड आम्दानी गरेका छन् ।
‘मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम’ अन्र्तगत ‘जालकाँडा बाख्रापालन समूह’का किसानहरुले बोयर जातको बोका बिक्रीबाट मात्रै एक वर्षमा ९५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
२०७३ मंसीरमा अष्ट्रेलियाबाट प्रति बोका तीन लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि किसानहरुले व्यावसायीक रुपमा बाख्रापालन शुरु गरेका थिए ।
बोयर जातका बोका तीन महीनामै ३० किलो र एक वर्षमा एक सय किलोभन्दा बढी तौलका हुन्छन् ।
जालकाँडा समूहले सल्यान, रुकुम, प्युठान, स्याङजा, पाल्पा, गुल्मी र अर्घाखाँचीका थप पाँचवटा स्थानीय तहमा पनि व्यावयायीक उत्पादनका लागि बोका बिक्री गरेको छ ।
गाउँका १५३ घरधुरी संलग्न रहेको समूहअन्तर्गत अहिले १२ सय वटा बाख्रा पालिएको छ ।
हरेक समस्यले कम्तीमा तीनदेखि ३५ वटासम्म बाख्रा पालेका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची