कला/साहित्यआइतवार, श्रावण २०, २०७५

'सरफरोश' को सिक्वलमा आमिर खानको ठाउँमा जोन अब्राहम

हिमालखबर

'सरफरोश २' मा आफूले काम गर्ने पुष्टि गर्दै जोनले यो एक्सन-ड्रामा फिल्मका लागि उत्साहित रहेको बताएका छन् । 

जोन मैथ्यू मथानको निर्देशनमा सन् १९९९ मा आएको आएको ‘सरफरोश’ मा आमिरका साथै नसिरूद्दिन शाह र सोनाली बेन्द्रे मुख्य भूमिकामा थिए।
जोनले फिल्मको सिक्वलको निर्माणमा आफ्नो समेत सहभागिता रहने जानकारी दिँदै सुटिङ २०२० मा मात्रै सुरु गर्ने तयारी रहेको बताएका छन् ।

उनले भने, ‘‘जोन मैथ्यू र मेरो सह-निर्माणमा फिल्म बन्नेछ । अहिले हामी पटकथामा काम गरिरहेका छौं ।’’

 मूल फिल्ममा आमिर भएका कारण जोनले केही असहज महसुस गरिरहेका छन् कि ? यस प्रश्नमा उनले भने, ''खामा म यो सिक्वल फिल्ममा काम गर्ने कुरामा निकै उत्साहित छु । आमिर मलाई निकै मनपर्ने अभिनेता हुन् । उनको फिल्मको सिक्वलमा काम गर्नु चुनौती हुनेछ । तर, नयाँमा छुट्टै कथा र चरित्र हुनेछ । मलाई लाग्छ, काम गर्दा निकै मजा आउनेछ ।''
यता जोनको नयाँ फिल्म 'सत्यमेव जयते' १५ अगस्टमा रिलिज हुँदै छ । उक्त फिल्ममा जोनका साथै मनोज वाजपेयी, आयशा शर्मा र अमृता खनवलकर मुख्य भूमिकामा देखिनेछन् ।
– एजेन्सी

प्रतिकृया दिनुहोस